कला


प्रियंका कार्की र दीया मास्के अभिनित ‘ममी’को प्रदर्शन मिति घोषणा

प्रियंका कार्की र दीया मास्के अभिनित ‘ममी’को प्रदर्शन मिति घोषणा

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १५:३४, काठमाडौँ

अभिनेत्रीद्वय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको फिल्म ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको हो।

 सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ। पोस्टरमा प्रियंकालाई गम्भिर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत छिन्। हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद् निधन पश्चात रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई दखाउने छ।

एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ। सिनेमामा समर निरौलाको लेखन तथा निर्देशन रहेको छ। यो उनको डेव्यु निर्देशकिय सिनेमा हो।

लोक राज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेको सिनेमालाई शरद महतोले छायांकन गरेका हुन्। सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad