आज सुनचाँदीकै मूल्य बढेको छ। गएकाे आइतबार र सोमबार घटेको सुनचाँदीकै मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेकाे छ। मूल्य बढेर आज सुन ताेलाकाे एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ३ सय रुपैयाँ थियो।
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार ८ सय १५ रुपैयाँ थियो।
सरकारले भन्सारदर घटाएपछि गत साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको थियाे।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
Shares

प्रतिक्रिया