कारोबार


सेयरबजारमा साढे १० अर्बको खरिदबिक्री, ३ कम्पनीको सेयरमा ‘सर्किट ब्रेक’

सेयरबजारमा साढे १० अर्बको खरिदबिक्री, ३ कम्पनीको सेयरमा ‘सर्किट ब्रेक’

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १५:८, काठमाडौँ

सेयरबजारमा आज साढे १० अर्बको सेयर किनबेच भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १९.९७ अंकले बढेको दिन १० अर्ब ५४ करोडको किनबेच भएको हो। 

आज कुल २ करोड ३० लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। योसँगै सूचक २७५८.०४ विन्दुमा पुगेको छ। 

सोमबारको कारोबारमा १२६ वटा सेयरको मूल्य बढ्दा ११२ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज तारागाउँ रिजेन्सी, विशालबजार र खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ११५.५०, ५९८.९० र २९.३० रुपैयाँ आम्दानी गरे। 

तर नेपाल फाइनान्स, गुराँस लघुवित्त र विन नेपाल लघुवित्तका सेयरधनीले भने आज धेरै गुमाएका छन्। उनीहरुले क्रमशः ११८.८०, २०६ र १७२.९० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका हुन्। 

सर्वाधिक कारोबारमा नेपाल फाइनान्स अगाडि रह्यो। कम्पनीको ५९ करोड ४७ लाखको सेयर किनबेच भएको हो। यसबाहेक ङादी ग्रुप पावरको ४८ करोड र जानकी फाइनान्सको २७ करोडको सेयर किनबेच भएको छ। 

सोमबार होटल र पर्यटन ४.९९ प्रतिशतले बढ्यो भने जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहले नेप्सेलाई टेवा दिँदा सूचक दोहोरो अंकले बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad