कारोबार


लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १६:५३, काठमाडौँ

इलेक्ट्रिक गाडी (ईभी) कम्पनी लिपमोटरले प्रिमियम लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध हुने घोषणा गरेको छ। यसले नेपालमा बढ्दो मागसँगै उच्चस्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ।

सो उपलब्धिलाई उत्सवको रूपमा मनाउन भरतपुरस्थित होटल सिराइचुलीमा एक समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा ओजोन मोटर्सद्वारा दशवटा लिपमोटर सी१० गाडी वितरण गरिएको थियो।

लिपमोटर सी१० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्रीहरूका लागि अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको कम्पनीको भनाई छ। यसका विस्तारित सुविधाहरू र दुरदर्शी दृष्टिकोणले सी१० लाई इलेक्ट्रिक गाडी रोज्नेहरूका लागि उत्कृष्ट विकल्प बनाएको कम्पनीको दाबी छ।

साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ। यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोएन, र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।

लिपमोटर सी१० अब यस आधिकारिक डिलरशिपमा एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालि, रिजल चोक, भरतपुरमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad