कारोबार


एनपीएल उद्घाटन खेलको सबै टिकट बिक्यो

एनपीएल उद्घाटन खेलको सबै टिकट बिक्यो

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १४:५७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।

एनपीएलको उद्घाटनका लागि १० हजार टिकट बिक्री भएको क्यानले बताएको हो। 

एनपीएलको उद्घाटन खेलमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिृपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। 

उद्घाटन खेलका लागि भीआईपीतर्फ ८ सय टिकट बिक्री भएको छ। साधारणतर्फ भने ९ हजार २ सय टिकट विक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। 
क्यानले उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ।

लिग खेलका लागि भने ३ सय र पाँच सय तथा प्लेअफ खेलका लागि ५ सय र ७ सय रुपैयाँ टिकट दर तोकेको छ। फाइनल खेलका लागि भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्नेछ। 

दर्शकका आकर्षणका लागि क्यानले सिजनल पासमा २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४ सय ८० रुपैयाँ राखेको छ। भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad