बुटवल उपमहानगरपालिकामा डेंगी खोज र नष्ट गर अभियान सुरु भएको छ।
स्वास्थ्य कार्यालय रूपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेंगीको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको हो।
बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेंगी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेंगीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताइन्। यो अभियान दुई दिनसम्म चल्ने उनले जानकारी दिइन्।
समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताइन्।
स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताए।
अभियानका क्रममा डेंगी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेंगी संक्रमण गराउने लार्भा नष्ट गरिएको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया