कारोबार


एनआरएन इन्फ्राले गर्‍यो ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

एनआरएन इन्फ्राले गर्‍यो ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १३:१६, काठमाडौँ

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। 

कम्पनीले आव २०८०÷०८१ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। 

यसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७ सयको ५ प्रतिशत अर्थात् ६ करोड ११ लाख ६० हजार ५८५ रुपैयाँबराबरको बोनस सेयर दिनेछ। त्यसैगरी ३२ लाख १८ हजार ९७८ रुपैयाँको नगद लाभांश दिनेछ। 

प्रस्तावित लाभांश वितरणपछि हुने चुक्ता पुँजीको १ बराबर १ कित्ता (शतप्रतिशत) हकप्रद सेयर निष्काशनको लागि समेत कम्पनीले वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad