चालू आर्थिक वर्षको ४ महिनामा नेपालले ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
यो भनेको गत वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो। गत वर्ष ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजारको निर्यात भएको थियो।
यो चार महिनामा नेपालले ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरेको छ। गत वर्षको तुलनामा यो ०.१७ प्रतिशतले बढी हो।
योसँगै नेपालले यो अवधिमा कुल ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजारको वैदेशिक व्यापार गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ०.५३ प्रतिशतले बढी हो।
आयातनिर्यात व्यापारमा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रहेको छ। गत वर्षको तुलनामा यो ०.२६ प्रतिशतले कम हो।
भन्सार विभागका अनुसार यो अवधिमा निर्यात र आयातको हिस्सा ३.८७ प्रतिशतले ऋणात्मक रहेको छ।
Shares

प्रतिक्रिया