कारोबार


३१ अंकले ओर्लिएपछि नेप्से २७ सयबाट पनि तल, ८ अर्बको सेयर किनबेच

३१ अंकले ओर्लिएपछि नेप्से २७ सयबाट पनि तल, ८ अर्बको सेयर किनबेच

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १५:१७, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से आज ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा झरेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार १.१५ प्रतिशतले घटेसँगै सूचक २७ सयको विन्दुमा अडिन नसकेको हो। 

आज ८ अर्ब २५ करोडको सेयर कारोबार भयो। कुल १ करोड ८४ लाख कित्ता सेयर बिक्रीमा उत्साहप्रद कारोबार भएको हो। 

यो कारोबारमा ४३ वटा सेयर बढे भने १९७ वटा घटेका छन् र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बिहीबार सामुदायिक लघुवित्त र थ्रिस्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले सेयर बढेसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १५०.१० र ८८.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

यसबाहेक महुली लघुवित्त, धौलागिरि लघुवित्त र रिभर फल्स पावरका लगानीकर्ताले पनि आज क्रमशः १०६, ९० र ४२.१० रुपैयाँ आम्दानी गरेको नेप्सेले उल्लेख गरेको छ। 

तर जानकी फाइनान्स लिमिटेडको सेयर भने १० प्रतिशतले घट्दा लगानीकर्ताले १०७.२० रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, सुपर माई हाइड्रोपावर र गुराँस लघुवित्तका सेयरधनीले पनि प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

कारोबारतर्फ नेपाल फाइनान्सको २५ करोडको सर्वाधिक कारोबार भएको छ। यसबाहेक ङादी ग्रुप पावर २३ करोड, रसुवागढी हाइड्रोपावर १९ करोड, हिमालय ऊर्जा १८ करोडको कारोबार भएको छ। 

आज सबै उपसूचक राताम्य हुँदा नेप्सेमा त्यसको प्रभाव देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad