कारोबार


सिद्धार्थ बैंक एनपीएलको मुख्य प्रायोजक

सिद्धार्थ बैंक एनपीएलको मुख्य प्रायोजक

नेपालखबर
मंसिर २, २०८१ आइतबार १९:४४, काठमाडौँ

सिद्धार्थ बैंक लिमिटेड पाँच वर्षका लागि नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रयोजक बनेको छ।

क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको एनपीएल २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको बैंकले जनाएको छ।

क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ।

नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको बैंकका अध्यक्ष मनोज कुमार केडियाले बताए।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन मद्दत पुग्ने धारणा व्यक्त गरे।

पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको बैंकले जनाएको छ।

यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad