कारोबार


अमेरिकी डलर सटहीको नाममा ठगी गरेको आरोप, काभ्रेबाट २ युवक पक्राउ

अमेरिकी डलर सटहीको नाममा ठगी गरेको आरोप, काभ्रेबाट २ युवक पक्राउ

नेपालखबर
मंसिर १, २०८१ शनिबार ६:४५, काभ्रे

अमेरिकी डलर सटहीको नाममा ठगी गरेको आरोपमा प्रहरीले काभ्रेबाट दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका- ३ का २० वर्षीय दिपक तामाङ र ३० वर्षीय ज्वाला तामाङ छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेका अनुसार उनीहरुले गत कात्तिक २९ गते बनेपा २० स्थित सेतीदेवी मन्दिर नजिकको जंगलमा बोलाएर दोलखाको मेलुङ नगरपालिका- ४ घर भएका १७ वर्षीय सुस्मित महतलाई ठगी गर्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। 

तामाङद्वयको साथबाट ५० दरका पाँच थान अमेरिकी डलर, दुईथान मोवाइल सेट, बागमती प्रदेशको ०२-०३५ प ८००२ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको घलेले जानकारी दिए। 

उनीहरुले डलर आकारमा काटिएका कागजका टुक्रालाई बीचमा र डलरलाई बाहिर राखेर डलरको बण्डलजस्तो देखाएर ठगी गर्ने प्रयास गरेका प्रहरीको भनाई छ। 

उनीहरुलाई शुक्रबार काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि ठगी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको घलेले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad