कारोबार


डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार २०:५२, काठमाडौँ

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो।

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन।

योसँगै काठमाडौँ र पोखरामा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ। दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०।५० रुपैयाँ पर्नेछ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad