नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू भएको छ।
नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका हुन्।
नेपालतर्फबाट ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागितामा शुक्रबार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमका बीच निर्यातको उद्घाटन भएको हो।
नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गरेको छ।
नेपालबाट निर्यात गरिएको बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ।

विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।
नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ। नेपालको विद्युत् बंगलादेश पुर्याउन भारतीय कम्पनी एनभीभीएनको व्यापारिक भूमिका रहेको छ।
बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली आयात गरेको हो। गत असोजमा भएको त्रिपक्षीय सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ (आज) सम्म नेपालले तेस्रो देशमा बिजुली निर्यात गर्नेछ।

Shares

प्रतिक्रिया