कारोबार


रियलमीले ‘बडा दसैँ–तिहारको बडा अफर’ बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

रियलमीले ‘बडा दसैँ–तिहारको बडा अफर’ बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १९:३०, काठमाडौँ

टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसर पारेर ल्याएको ‘बडा दसैँ–तिहारको बडा अफर’ को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ।

उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गरेका छन्।

त्यसैगरी बम्पर उपहारमा एकजनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एकजना भाग्यशाली विजेताले एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् जसको घोषणा अब केही दिनमै हुने कम्पनीले जनाएको छ।

‘बडा दसैँ–तिहारको बडा अफर’ असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad