ad ad

कारोबार


विश्व पर्यटन क्षेत्रको ५ करोड रोजगारी जोखिममा

विश्व पर्यटन क्षेत्रको ५ करोड रोजगारी जोखिममा

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ११:२८,

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वको पर्यटन र यात्रासम्बन्धी ५ करोड रोजगारी जोखिममा पर्ने देखिएको छ। दि वर्ल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिल (डब्लुटीटीसी)ले ५ करोड रोजगारी गुम्नसक्ने खतरा देखिएको बताएको हो।

उक्त काउन्सिलकी प्रमुख कार्यकारी ग्लोरिया गुएवाराले भाइरसले यस क्षेत्रलाई प्रभाव पार्ने प्रबल सम्भावना रहेको बताइन्। भाइरसकै कारण हजारौँ अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएका छन् भने केही बीमा कम्पनीहरुले नयाँ बीमकहरुको यात्रा बीमा निलम्बन गरेका छन्।

डब्लुटीटीसीका अनुसार विश्वको यात्रा क्षेत्रले यो वर्ष २० प्रतिशत नोक्सानी भोग्नुपर्ने देखिएको छ। उसले सम्बन्धित सरकारहरुले धेरै कदम चालेर यो उद्योगलाई जोगाउन सुझाव समेत दिएको छ।

यसका लागि भिसा प्रक्रिया सहज पार्ने, खर्च कम पार्ने, एयरपोर्ट र बन्दरगाहमा अनावश्यक अवरोध हटाउने, हवाइ यात्रुको करलगायतका खर्च घटाउने र पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न बजेट बढाउनेलगायतका सुझाव दिइएको छ।

कोरोना भाइरसका कारण विश्व पर्यटन उद्योग सबैभन्दा बढी मारमा परेको छ। कम्पनीहरुले उडान कटौती गरेका छन्। कोरियन एयरले त कम्पनी डुब्ने खतरामा परेको समेत चेतावनी दिएको छ।

चीनमा गत महिना हवाइ यात्रु ८४.५ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको थियो। चिनियाँ उडान नियामकले बिहीबार मात्रै यात्रु घट्दा २१ अर्ब युआन आम्दानी घटेको बताएको थियो। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .