सेयरबजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ।
मंगलबार नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा झर्दा कारोबार रकम पनि ७ अर्ब ८५ करोड रुपैयाँमा खुम्चिएको हो। अघिल्लो दिन ११ अर्ब बढीको सेयर खरिदबिक्री भएको थियो।
आज ८० कम्पनीको सेयर बढे पनि १५७ कम्पनीको घटेको र ७ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा गुराँस लघुवित्त र मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ। दुई कम्पनीको सेयरमा उछाल आउँदा लगानीकर्ताले २२९.९० र ५३.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
यसबाहेक बेस्ट फाइनान्सको ९.९९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशत र समृद्धि फाइनान्सको ९.६१ प्रतिशतले सेयर बढेको छ।
तर गुडविल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, माछापुच्छ्रे बैंक, अपर हेवाखोलालगायतको सेयरमा भने गिरावट आएको छ।
कारोबारमा गुडविल फाइनान्स २९ करोड २८ लाखसहित अगाडि रहँदा बेस्ट फाइनान्सको २९ करोड २५ लाख, आँखुखोला जलविद्युत् कम्पनी २५ करोड ५९ लाख र जानकी फाइनान्सको २० करोडको सेयर कारोबार भएको छ।
Shares

प्रतिक्रिया