साउदी अरेबियाको उडानको तयारीमा रहेको हिमालय एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौं उडान रद्द भएको जनाएको छ।
एक सूचना जारी गर्दै कम्पनीले कात्तिक २६ बाट गर्ने भनिएको उडान नहुने जनाएको हो।
‘हामीले विशेष कारणले गर्दा कात्तिक २६ बाट हाम्रो काठमाडौँ–रियाद–काठमाडौँ उडान रद्द गर्न परेको सूचना यहाहरुलाई जानकारी दिनुपर्दा दुःखी छौँ र यहाँहरुको यात्रा योजनामा पर्न गएको कुनै पनि असुविधा र अवरोधको लागि हामी क्षमा चाहन्छौँ’, सूचनामा भनिएको छ।
कम्पनीबाट टिकट पाएका यात्रुलाई सहज बनाउन खालिद फहाद खालिद विमानस्थल क्षेत्रमा निःशुल्क शटल बससेवा प्रदान गर्ने पनि सूचनामा भनिएको छ।
यो सेवा प्रयोग नगर्ने यात्रुलाई पूर्ण टिकट फिर्ता हुने सुविधा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।
‘हामी यस समयमा तपाईँको धैर्यता र साथको धेरै कदर गर्दछौँ । कृपया फिर्ता वा वैकल्पिक व्यवस्थाकोे लागि हाम्रो ग्राहक सेवा टोलीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ’, सूचनामा थप भनिएको छ, ‘यहाँहरुको यात्रा योजनामा पर्न गएको कुनै पनि असुविधा र अवरोधको लागि हामी क्षमा चाहन्छौँ। तपाईँहरुको साथ र सहयोगको लागि धन्यवाद।’
Shares

प्रतिक्रिया