कतार एयरवेजले पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ।
कतार एयरवेजले भोलिदेखि दोहा–भैरहवा–काठमाडौं उडान गर्नलागेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
उनका अनुसार कतार एयरवेजले हप्ताको सातै दिन भैरहवाबाट उडान गर्नेछ।
योसँगै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीहरुको संख्या ५ पुगेको छ।
यसअघि नै नेपाल एयरलाइन्स, फ्लाई दुबाई, जजिर एयर र थाई एयर एसियाले उडान थालिसकेका छन्।
1.5k
Shares

प्रतिक्रिया