कारोबार


थापाथलीमा सीजी मोटर्सको एक्सपेंग फ्ल्यागशिप सोरुमको उद्घाटन, जी–६ एसयूभीको लञ्च

थापाथलीमा सीजी मोटर्सको एक्सपेंग फ्ल्यागशिप सोरुमको उद्घाटन, जी–६ एसयूभीको लञ्च

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १८:२५, काठमाडौँ

अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आफ्नो एक्सपेंग फ्ल्यागशिप सोरुमको औपचारिक रूपमा उद्घाटन गरेको छ।

शनिबार चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको उपस्थितिमा सोरुमको उद्घाटन गरिएको हो। 

साथै जी–६ इलेक्ट्रिक एसयूभी मोडलको पनि लञ्च गरिएको छ। 

उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चराणका ग्राहकहरूलाई २५ वटा जी६ गाडीहरू हस्तान्तरण पनि गरेको छ। जी–६ मोडललाई विश्वको सबैभन्दा धेरै सुरक्षा परीक्ष ई–एनक्यापमा ५ स्टार रेटिङ प्राप्त छ। जसमा स्वचालित ड्राइभिङ प्रविधि, एसईपीए २.०, ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम र ८००भी सुपर फास्ट चार्जिङ प्रणाली समावेश रहेको कम्पनीले जनाएको छ। 

यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ। थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०–५० लोड रेशियो, एल्युमिनियम डाई–कास्ट बनावट्, र ९–डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउने बताइएको छ। 

कार्यक्रममा एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गू ले ब्रान्डबारे जानकारी दिए भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धि र आगामी योजनाबारे चर्चा गरे।

देशभर २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजीएमको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो।

सीजीएमले यस वर्षभित्रै ४० वटा स्थान सम्म सेवा केन्द्रहरू बढाउने र वर्तमानको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad