कारोबार


ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै ह्वात्तै घट्यो सुनको भाउ, अमेरिकी डलरको बढ्यो

ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै ह्वात्तै घट्यो सुनको भाउ, अमेरिकी डलरको बढ्यो

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १३:३३, काठमाडौँ

अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै सुनको भाउ ह्वात्तै घटेको छ भने अमेरिकी डलरको विनिमय दरचाहिँ अहिलेसम्मकै उच्च भएको छ। 

वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प बुधबार अमेरिकाको राष्ट्रपतिमा विजयी भएका हुन्। यद्यपि उनलाई औपचारिक रूपमा राष्ट्रपति घोषणा गर्न बाँकी छ। 

उनी राष्ट्रपति विजय भएको भोलिपल्टै बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको हो भने सुनको मूल्यचाहिँ ह्वात्तै घटेको हो। 

नेपाल नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो बिक्री दर अहिलेसम्मकै उच्च हो। आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य भने १३४.५६ रुपैयाँ तोकिएको छ।

उता सुनको भाउ भने तोलामा एकैचोटि ४ हजार रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य घटेर आज १ लाख ६४ हजार ५ सय रुपैयाँमा झरेको हो।

यसअघि सुनचाँदी व्यवसायका जानकारले ट्रम्पले चुनावी घोषणपत्रमा आफू निर्वाचित भए डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेकाले डलरको भाउ बढ्ने र सुनको घट्ने सम्भावना रहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad