कारोबार


ऊर्जामन्त्री खड्कासँग भारतीय समकक्षीको भेटवार्ता, पञ्चेश्वर आयोजना अघि बढाउन छलफल

ऊर्जामन्त्री खड्कासँग भारतीय समकक्षीको भेटवार्ता, पञ्चेश्वर आयोजना अघि बढाउन छलफल

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १४:३५, काठमाडौँ

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सी आर पाटिलबीच भेटवार्ता भएको छ। 

भारतको नयाँदिल्लीस्थित जलस्रोत मन्त्रालयमा दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ। 

त्यसबाहेक बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको ऊर्जामन्त्री खड्को सचिवालयले जानकारी दिएको छ।

भेटमा उर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका थिए। 

उर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिए। 

भेटमा भारतका मन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएको ऊर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए। 

भारतीय मन्त्रीसँगको भेटमा नेपालका उर्जामन्त्री खड्कासँगै नेपाली प्रतिनिधीमण्डल तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागीता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad