कमला ह्यारिस र डोनाल्ड ट्रम्पले चुनावी अभियानको अन्तिम क्षण ‘ब्याटलग्राउन्ड स्टेट’हरूका मतदाता रिझाउनमा खचिएएका छन्।
उनीहरूबीचको प्रतिस्पर्धालाई आधुनिक इतिहासकै सबैभन्दा निकट प्रतिस्पर्धा मानिएको छ।
पेन्सलेभेनियामा अन्तिम र्यालीलाई सम्बोधन गर्दै ह्यारिसले अमेरिका नयाँ सुरुवातका लागि तयार भएको बताइन्।
‘अमेरिका, हामी सबैभन्दा महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ। एक दिन। मात्र एक दिनमा हाम्रो जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण चुनाव हुँदैछ। र, माहोल हाम्रो पक्षमा छ,’ ह्यारिसले भनिन्।
ट्रम्पले भने अन्तिम र्याली मिसिगनमा गरे।
‘हामी वासिङ्टनको यो भ्रष्ट व्यवस्थालाई हराउने छौँ। किनकि म कमलाविरुद्ध लडिरहेको छैन। म त दुष्ट डेमोक्र्याट प्रणालीविरुद्ध लडिरहेको छु। यी दुष्ट मान्छे हुन्,’ उनले भने, ‘तपाईंहरूले भोलि बाहिर निस्केर मतदान गर्नुहोस्।’
सर्वेक्षणहरूमा राष्ट्रव्यापी रूपमा ह्यारिस झिनो अन्तरले ट्रम्पभन्दा अगाडि देखिन्छिन्।
सबैभन्दा पहिले मतदान गर्ने डिक्सभिल नचमा ह्यारिस र ट्रम्प दुवैले समान ३–३ मत पाएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया