कारोबार


तीन महिनामा बिमितले त्यागे करिब ४ अर्बबराबरको बिमालेख

लाइफ इन्स्योरेन्सको मात्रै १ अर्ब २२ करोड माथि
तीन महिनामा बिमितले त्यागे करिब ४ अर्बबराबरको बिमालेख

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १३:१७, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बिमा सरेन्डर बढेको छ। 

यो तीन महिनामा बिमितहरुले कुल ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँबराबरको २८ हजार ५७ वटा बिमालेख त्यागेका हुन्। 

यसरी बिमितले गत साउनमा १ अर्ब  ५४ करोडबराबरको र भदौ महिनामा १ अर्ब २१ करोड रुपैयाँको बिमालेख त्यागेका थिए। 

असोज महिनामा भने १ अर्ब ७ करोड बरारबको बिमालेख त्यागेका हुन् । समग्रमा यो तीन महिनामा बिमितले करिब ४ अर्ब रुपैयाँ बराबरको बिमालेख त्यागेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्सका बिमितले सबैभन्दा धेरै बिमालेख त्यागेका हुन्। 

पहिलो त्रैमासिकमा नेपाल लाइफको १ अर्ब ८ करोड र लाइफ इन्स्योरेन्सको १ अर्ब २२ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएको हो। 

योबाहेक राष्ट्रिय जीवन बिमाको २७ करोडको हुँदा, नेशनल लाइफ इन्स्योरेन्सको २३ करोड, एसियन लाइफको २४ करोड, मेट लाइफको १० करोड र आईएमई लाइफको ५ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएका हुन्। 

यस्तै सन नेपाल लाइफको १ करोडबराबरको बिमालेख त्याग हुँदा रिलायबल लाइफको २ करोड, सिटिजन्स लाइफको ४ करोड, सूर्यज्योति लाइफको १ करोड, सानिमा रिलायन्सको ७ करोड, हिमालयन लाइफको १८ करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएको हो। 

प्राधिकरणका अनुसार यी बिमालेखहरु बिमितले तीन किस्ता तिरिसकेपछि त्यागेका हुन्। कानुनतः बिमितले बिमालेख खरिद गरेपछि पहिलो तीन किस्ता तिरेपछि उचित कारणसहित बिमा कम्पनीमा बिमालेख सरेन्डरका लागि निवेदन दिन सक्छन्। 

यसरी निवेदन स्वीकृत भएको खण्डमा बीमितले बीमाबापत तिरेको रकम फिर्ता पाउँछन्। 

तर नेपालमा तीन किस्ता नतिर्दै बिमालेख त्याग्नेको संख्या पनि बढ्दो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad