कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं १ अन्तर्गत सुनसरी र झापामा शाखा विस्तार गरेको छ।
बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इँट्टाभट्टामा यही फागुन २३ गते आफ्नो १२१औ र १२२औ शाखा कार्यालयहरुबाट सेवा सुरु गरेको हो।
इनरुवा शाखाको उद्घाटन इनरmवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए।
त्यस्तै, इँट्टाभट्टा शाखाको उद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले गरेको बैंकले जनाएको छ।
बैंकको केन्द्रीय कार्यालय काठमाडौं ज्ञानेश्वरमा छ।
3
Shares

प्रतिक्रिया