फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २८ हजारभन्दा धेरै कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले प्रतिसेयर २ सय ७५ रुपैयाँका दरले कुल २८ हजार ३ सय १ कित्ता सेयर बिक्रीमा राखेको हो।
संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयरमा लगानीकर्ताले आजबाट कात्तिक २७ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीले इच्छक जो कोही व्यक्ति संघ/संस्था वा लगानीकर्ताले समेत सेयर किन्न सक्ने व्यवस्थासहित सेयर बिक्रीमा राखेको हो। इच्छुक लगानीकर्ताले कम्पनीले राखेको न्यूनतम सेयरमूल्य वा सोभन्दा माथिको मूल्यमा रहेर बोलकबोलमा सहभागी हुन पाउनेछन्।
त्यसका लागि इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नक्सालमा आइपुग्ने गरी सिलबन्दी आवेदन पेस गर्नुपर्नेछ।
कम्पनीले कुन लगानीकर्ताको सेयर बिक्रीमा राखेको हो भन्ने विवरण भने खुलाएको छैन।
Shares

प्रतिक्रिया