कर्तव्य ज्यान मुद्दामा फरार व्यक्ति कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुर साविक युँ गाविस ५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका हुन् ।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई मंगलबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
झापा मेचीनगर नगरपालिका ११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रहेको आरोप उनीमाथि छ।
सर्मिला उनकी श्रीमती हुन्। वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
Shares

प्रतिक्रिया