कारोबार


टीकापुरमा ३८ वर्षपछि उडे विमान, राज्यमन्त्री भन्छन्- तिहारपछि नियमित उड्छन्

टीकापुरमा ३८ वर्षपछि उडे विमान, राज्यमन्त्री भन्छन्- तिहारपछि नियमित उड्छन्

रासस
कात्तिक १२, २०८१ सोमबार १८:२२, जानकी (बाँके)

कैलालीको टीकापुरमा आज विमान परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका १ स्थित बसपार्कनजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ। 

आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ९एन एबीयू नं र तारा एयरको ९एन/एईभी नंको विमान परीक्षण उडान गरिएको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताए। उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ। 

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए। तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल सुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो। 

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ । 

परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad