कारोबार


नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार ११:४४, काठमाडौँ

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। 

लघुवित्तले आर्थिक वर्ष २०८०÷०८१ सम्मको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। 

८ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश वितरण गर्ने जनाएको छ। 

लघुवित्तको हाल कायम चुक्तापुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६ सय ८५ रुपैयाँ छ। सेयरधनीले १६ करोड ६० लाख ८६ हजार ८ सय ४० रुपैयाँको बोनस सेयर र ८७ लाख ४१ हजार ४ सय १२ रुपैयाँ नगद लाभांश पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad