कारोबार


सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार ११:५२, काठमाडौँ

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्। 

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्तावको निर्णय गरेको हो। 

यसअनुसार ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ। 

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad