कारोबार


काठमाडौं महानगरमा प्लास्टिक तथा प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध

काठमाडौं महानगरमा प्लास्टिक तथा प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १३:१२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै प्लास्टिक तथा प्लास्टिकका पुष्प गुच्छा, मालामा प्रतिबन्ध लगाएको छ। 

चालू आवको वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्रीवितरण, ओसारपसार  तथा प्रयोगमा पूर्ण निषेध गरिएको हो। 

उक्त वस्तुको उत्पादन, बिक्रीवितरण, ओसारपसार र प्रयोग गरेको अनुगमनमा फेला परे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार कारबाही हुने महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad