कारोबार


पर्यटनमन्त्री भन्छन् : एक-एक जहाज किन्न सातै प्रदेश सहमत भइसके, लगानीबारे छलफलमा छौँ

पर्यटनमन्त्री भन्छन् : एक-एक जहाज किन्न सातै प्रदेश सहमत भइसके, लगानीबारे छलफलमा छौँ

वायुसेवा निगमको जहाज (फाइल तस्बिर)


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १२:३, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले हरेक प्रदेशले एक-एक जहाज खरिद गर्ने तयारी अघि बढेको बताएका छन्। 

उनले सातै प्रदेशका पर्यटनमन्त्रीसँग छलफल गरी नेपाल एयरलाइन्सको लागि हरेक प्रदेशले १–१ ट्विनअटर जहाज खरिद गर्ने सहमति भएको बताएका हुन्। 

‘नेपाल वायुसेवा निगमले प्रदेशहरुले जहाजमा कसरी लगानी गर्न सक्छन् भन्ने विषयमा तयारी गरिरहेको छ’, मन्त्री पाण्डेले भने, ‘प्रदेशको लगानीमा खरिद भएको जहाजले सम्बन्धित प्रदेशमै चलाउन सक्ने मोडालिटीमा छलफल भएको छ।’

उनले नेपाल वायुसेवा निगमले जहाज थप्नुको विकल्प नभएको बताएका छन्। 

‘नेपाल एयरलाइन्स अहिले अवस्थामा चल्दैन सुधार गरेरै अघि बढ्छौँ’, मन्त्री पाण्डेले भने, ‘मन्त्रालयले आन्तरिक रुपमा नेपाल एयरलाइन्सलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गहन अध्ययन गरिरहेको छ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

धेरैले जहाज खरिद गर्ने विषयमा नलाग्न आग्रह गरे पनि जहाज नै खरिद नगर्ने भए नेपाल वायुसेवा निगमको कुनै काम नभएको सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad