नेपालले व्यापार सहकार्य गरेका १३२ देशमध्ये अधिकांशसँग घाटा व्यहोरे पनि केही देशसँग भने नाफा पनि गरेको छ।
भन्सार विभागको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नेपालले २८ देशसँगको व्यापारमा नाफा गरेको हो।
नाफा गरेका देशमध्ये अधिकांशमा आयात शून्य वा कम र निर्यात मात्रै गर्दा नेपाललाई फाइदा भएको तथ्यांकमा देखिएको छ।
आयातमा ४ र निर्यातमा ६ प्रतिशत बढीको संकुचन, घट्यो वैदेशिक व्यापार
कुन देशसँग कति नाफा?
अफगानिस्तान : २८ करोड ४४ लाख
अरुबा : ३ लाख ३५ हजार
अस्ट्रिया : ४ करोड ९१ लाख ५२ हजार
बोस्निया एन्ड हर्जगोभिना : १७ लाख ८४ हजार
केम्यान आइल्यान्ड : ८ लाख ९५ हजार
चाड : ४ लाख १२ हजार
कंगो : १ लाख ४५ हजार
क्रोएसिया : ७५ लाख ३० हजार
डेनमार्क : ८ करोड ८२ लाख ६१ हजार
इस्टोनिया : २५ लाख ३४ हजार
जर्जिया : ३० लाख ५२ हजार
आइसल्यान्ड : ६४ लाख ९४ हजार
इरान : ५१ लाख ८६ हजार
लात्भिया : १ करोड ४८ लाख ९४ हजार
लेबनान : १ लाख ८१ हजार
लिबियान अरब जमाहिरिया : १ लाख ९ हजार
माल्दिभ्स : १ करोड ४४ लाख ७४ हजार
मौरिसस : ७७ लाख ७६ हजार
न्यु क्यालेडोनिया : ९८ लाख ६८ हजार
पानामा : २ लाख १ हजार
पपुवा न्यु गिनी : १ लाख २२ हजार
रुस : ६ करोड ६६ लाख ९३ हजार
सर्बिया : २७ लाख १४ हजार
सुडान : ३ लाख ४७ हजार
अमेरिका : ५ करोड ५८ लाख १६ हजार
उरुग्वे : १५ लाख ८५ हजार
उज्बेकिस्तान : २७ लाख ७६ हजार
भेनेजुएला : ११ लाख १६ हजार
Shares

प्रतिक्रिया