ad ad

कारोबार


कोरिया जाने श्रमिकको भिसा थप्न नेपालको आग्रह

कोरिया जाने श्रमिकको भिसा थप्न नेपालको आग्रह

नेपालखबर
फागुन २८, २०७६ बुधबार १०:२२,

दक्षिण कोरिया जाने श्रमिकको भिसाको म्याद सकिन लागेपछि ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह गरेको छ।

शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार मार्चभित्रमा उडान नभए त्यहाँ जाने तयारीमा रहेका श्रमिकको भिसाको म्याद सकिने छ।

कोरियामा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि त्यहाँ जाने तयारीमा रहेका श्रमिकको उडान पछि धकेलिएको छ। यसरी जाने तयारीमा करिव एक सय श्रमिक रहेको निर्देशक खनालले बताए।

भिसा जारी भएको तीन महिनाभित्रमा त्यहाँ पुगिसक्नुपर्छ। तर मार्चभित्रैमा श्रमिक कोरिया जाने अवस्था आयो भने भिसा थपिरहनु नपर्ने पनि खनालले नेपालखबरसँग बताए।

भिसाको म्याद सकिएर समस्या नहोस् भनेर नेपालस्थित कोरिया दूतावासलाई पत्र पठाइसकिएको छ। म्याद सकिन लागेको भन्दै त्यहाँ जाने तयारीमा रहेका श्रमिक अतालिन थालेको र कोरिया पनि श्रमिक लैजान तत्पर रहेको भएपनि नेपाल अहिले नै त्यहाँ श्रमिक पठाउने पक्षमा नरहेको खनालले बताए।

कोरियामा अवस्था सहज भए मार्चभित्रै श्रमिक पठाउन कुनै समस्या नहुने ईपीएस शाखाले जनाएको छ।

दक्षिण कोरियाले सन् २००८ देखि नेपाली श्रमिक ईपीएसमार्फत लैजान थालेको हो। हालसम्म ६० हजार बढी श्रमिक ईपीएस मार्फत त्यहाँ पुगिसकेका छन्। हाल करिव ४० हजार त्यहाँ कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .