कारोबार


ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारीमा थ्रीस्टार हाइड्रोपावर

ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारीमा थ्रीस्टार हाइड्रोपावर

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १२:०, काठमाडौँ

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजीको १ः१ बराबरको हकप्रद सेयर निष्काशन गर्न विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति लिन निवेदन दिने निर्णय गरेको हो। 

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ। आयोगले अनुमति दिए कम्पनीले सोहीबराबरको हकप्रद सेयर जारी गर्नेछ। त्यसबाट संकलन हुनेमध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहने १५ करोड निको इनर्जी लिमिटेडले बनाइरहेको माथिल्लो भुरुण्डी ए जलविद्युत् (९ मेवा) आयोजनामा स्वपुँजीमा लगानी गर्ने कम्पनीले जनाएको छ। 

विद्युत् नियमन आयोगले पूर्वस्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारणसभाले यो प्रस्ताव अनुमोदन गर्नुपर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad