कारोबार


चाडपर्वको असर घरजग्गा कारोबारमा, १ करोडले घट्यो राजस्व संकलन

चाडपर्वको असर घरजग्गा कारोबारमा, १ करोडले घट्यो राजस्व संकलन

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १२:५०, काठमाडौँ

भदौ महिनाको तुलनामा असोजमा घरजग्गा कारोबार सामान्य घटेको छ। 

असोज महिनामा राजस्व संकलन एक करोड रपैयाँले घटेर ३ अर्ब ८ करोड रुपैयाँ भएको हो। 

यसअघि भदौ महिनामा १ लाख १५ हजारवटा किनबेचमार्फत ३ अर्ब ९ करोड राजस्व संकलन भएको थियो। 

चाडपर्व नजिकिएसँगै कारोबारमा कमी आउँदा राजस्व संकलन पनि १ करोड रुपैयाँले घटेको हो।  

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असोज महिनामा कुल १ लाख ८ सय पटक घरजग्गा किनेबच भएका छन्। जसमा सेवाकरमार्फत २६ करोड ८१ लाख रुपैयाँ संकलन हुँदा १ अर्ब ९४ करोड रुपैयाँ रजिट्रेसनबापत शुल्क संकलन गरेको छ। 

यस्तै पूँजीगत लाभकरतर्फ १ अर्ब ११ करोड रुपैयाँ संकलन हुँदा विलम्ब शुल्कतर्फ ३ लाख रुपैयाँ संकलन भएको छ। 

राजस्व संकलनका आधारमा सबैभन्दा धेरै काठमाडौं भूमिसुधार तथा मालपोत कार्यालयमा छ। यो कार्यालयबाट मात्रै घरजग्गा कारोबारमार्फत ३० करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। 

ललितपुर कार्यालयबाट भने ३० करोड २५ लाख रुपैयाँ राजस्व संकलन हुँदा भक्तपुरबाट भने २५ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। 

उपत्यकाबाहिर भने सबैभन्दा धेरै राजस्व संकलन मालपोत कार्यालय चितवनबाट भएको छ। असोज महिनामा चितवनमा कुल ११ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad