गण्डकी


तनावग्रस्त बन्यो पोखरा, रवि समर्थक र सहकारी पीडितको बेग्लाबेग्लै प्रदर्शन

तनावग्रस्त बन्यो पोखरा, रवि समर्थक र सहकारी पीडितको बेग्लाबेग्लै प्रदर्शन

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १३:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो। 

सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो। 

लगत्तै, रविका समर्थकहरू पोखरा पुुगेर प्रदर्शन जारी राखेका छन्। रवि निर्दोष भएको भन्दै न्याय दिनुपर्ने उनीहरूको माग छ। 

उता, सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। 

प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरुलाई रोकिरहेको छ। 

सभापति रवि लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि रास्वपा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

शनिबार दिनभरपनि रास्वपाले पोखरामा प्रदर्शन गरेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको छ। कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको हो। 

समर्थकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै धकेलाधकेल गरेपछि अवस्था तनावग्रस्त बनेको हो। 

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डले निषेधाज्ञा जारी गरेका थिए। 

तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो।

अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा रविविरुद्ध चलाउने प्रहरीको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad