कारोबार


सहुलियतमा १ लाख मानिसले लिए १ खर्ब २३ अर्ब ऋण, कृषिमा सबैभन्दा धेरै

सहुलियतमा १ लाख मानिसले लिए १ खर्ब २३ अर्ब ऋण, कृषिमा सबैभन्दा धेरै

नेपालखबर
असोज ३०, २०८१ बुधबार १५:४५, काठमाडौँ

चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा १० क्षेत्रका ११ लाख १९ हजार ऋणीले १ खर्ब माथिको सहुलियत ऋण लिएका छन्। 

सरकारले आन्तरिक उत्पादन बढाउन तथा विभिन्न क्षेत्रको आर्थिक विकास गर्न ब्याजमा दिएको अनुदानअन्तर्गत भदौमा मात्रै १ खर्ब २३ अर्ब २२ करोड रुपैयाँ ऋण प्रवाह भएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत ऋण व्यापारिक कृषि तथा पशुपालन, शिक्षा तथा स्वरोजगार, परियोजना तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि,महिला उद्यम, दलित समुदायका व्यवसाय लगायतका १० क्षेत्रमा सहुलियत ब्याजमा ऋण दिदै आएका छन्। 

सरकारले ब्याजमा अनुदान दिनेहुँदा बैंक तथा वित्तीय संस्थाहरुले यी क्षेत्रका ऋणीहरुलाई अन्य ऋणीको तुलनामा कम ब्याजमा ऋण प्रवाह गर्ने गर्छन्। सरकारले ब्याजमा अनुदान दिए पनि पछिल्लो समय यस्तो ऋण प्रवाह घट्न थालेको छ। 

गत असारमा मात्रै १ खर्ब २६ अर्ब रुपैयाँबराबरको ऋण प्रवाह भएकोमा भदौ मसान्तमा बढ्नुको साटो उल्टो घटेर १ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको हो। 

अघिल्लो आर्थिक वर्षको असारमा १ खर्ब ९७ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण प्रदान गरिएको मा गत असारमा ७० अर्ब रुपैयाँले कम ऋण प्रवाह भएको थियो। असारमा नसुधारिएको ऋण प्रवाह चालू आवमा सुधारिने अपेक्षा राखिएपनि पहिलो दुई महिनमा यस्तो ऋण थप ३ अर्बले घटेको हो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौ महिनाको ऋण प्रवाहको विवरण अनुसार १० वटै क्षेत्रमा जाने कर्जा घटेको हो। जसमा कृषि तथा पशुपालन क्षेत्रमा गत असारमा ८६ अर्ब रुपैयाँको ऋण प्रवाह भएकोमा भदौ मसान्तसम्म घटेर ८५ अर्ब रुपैयाँ मात्रै ऋण प्रवाह भएको छ। 

यस्तै महिला उद्यम शीर्षकमा जाने कर्जा पनि असारको तुलनामा भदौमा १ अर्ब ७३ करोड रुपैयाँले घटेको हो। असार मसान्तसम्म महिला उद्यमी शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३८ अर्ब २९ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा भदौ मसान्तमा घटेर ३६ अर्ब ५५ करोड रुपैयाँ मात्रै ऋण प्रवाह गरेको हुन्। 

कपडा उद्योगतर्फ भने भदौसम्म १ अर्ब ३ करोड, दलित सामुदायिक व्यवसायतर्फ २७ करोड, परियोजना तथा वैदेशिक रोजगारहरुबाट फर्किएकाहरुले गर्ने उद्योगहरुमा  २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

योबाहेक शिक्षा तथा युवा स्वरोजगारतर्फ २९ करोड ऋण प्रवाह हुँदा, उच्च शिक्षा तथा प्राविधिक शिक्षातर्फ २१ करोड, युवा स्वरोजगारतर्फ ५ करोड, भूकम्पपीडितका लागि आवास निर्माणतर्फ ४ करोड रुपैयाँ ऋण प्रवाह भएको हो। सबैभन्दा थोरै ऋण भने सीटीईभीटीमार्फत प्राविधिक तालिम लिएकाहरुले लिएका छन्। यी क्षेत्रमा १ लाख रुपैयाँ मात्रै ऋण गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad