भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कतर्फ उडेको एयर इन्डियाको जहाज दिल्लीमा अवतरण गरिएलगत्तै अरू दुई जहाजले बमको चेतावनी पाएका छन्।
हवाई सेवा प्रदायक इन्डिगोका दुई जहाजमा बम रहेको चेतावनी प्राप्त गरेपछि अनिवार्य सुरक्षा जाँच गरिँदै छ।
दुवै विमान साउदी अरेबियाको जेद्दा र ओमानको मस्कट जाँदै थिए। इन्डिगोका प्रवक्ताले यस कुराको पुष्टि गर्दै सुरक्षासम्बन्धी सम्पूर्ण जाँच प्रक्रिया अघि बढाइएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यसअघि सोमबार (आज) नै बिहान मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको थियो।
मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान बमको धम्कीपछि दिल्लीमा अवतरण
312
Shares

प्रतिक्रिया