कारोबार


माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

नेपालखबर
असोज २३, २०८१ बुधबार १६:५८, काठमाडौँ

माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ।

यस एम–कार्ड सेवा मार्फत बैंकका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरू, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन्।

साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन्।

एम–कार्ड सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने बैंकको विश्वास छ।

बैंकले हाल यो एम–कार्ड लाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागू गर्ने बैंकको योजना रहेको जनाएको छ। बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम–कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ।

‘हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं’, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने ‘एम–कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad