कारोबार


एआईसम्बन्धी आविष्कारका लागि दुई भौतिकशास्त्रीले पाए नोबेल पुरस्कार

एआईसम्बन्धी आविष्कारका लागि दुई भौतिकशास्त्रीले पाए नोबेल पुरस्कार

भौतिकतर्फ नोबल पुरस्कार जितेका दुई जना (AFP/Getty Images)


नेपालखबर
असोज २२, २०८१ मंगलबार १७:०, काठमाडौँ

यस वर्षको भौतिकतर्फको नोबेल पुरस्कार कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी आविष्कारका लागि दुई भौतिकशास्त्रीले पाएका छन्। 

जोन होपफिल्ड र जियोफ्रे हिन्टनले गरेको आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङको आधारभूत आविष्कारले उक्त पुरस्कार जितेको हो। 

‘यद्यपि कम्प्युटरले सोच्न सक्दैन, तर मेसिनले सम्झिने र सिक्नेजस्ता नक्कल गर्न सक्छन्। यो वर्षको भौतिकतर्फको नोबेल पुरस्कार जितेका दुईले यसलाई सम्भव बनाएको छ’, नोबेल कमिटीले एक वक्तव्यमा भनेको छ। 

सोमबार स्विडेनमा पुरस्कारको घोषणा गरिएको हो। यो पुरस्कारअन्तर्गत १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) नगद रहेको छ। 

हिजोआजकाक धेरै प्रोडक्टहरुमा उनीहरुले आविष्कार गरेको मेसिन लर्निङको पावर रहेको छ। होपफिल्ड प्रिन्स्टन युनिभर्सिटी र हिन्टन युनिभर्सिटी अफ टोरन्टोका रहेका छन्। 

कमिटीका अनुसार भौतिक विज्ञानमार्फत आधारभूत अवधारणा र तरिका प्रयोग गरी उनीहरुले सूचना प्रक्रियामा प्रयोग हुने संरचनाको प्रविधि विकास गरेका थिए। यसले पछिल्ला दुई दशकमा मेसिन लर्निङको व्यापक विकासमा योगदान पुगेको कमिटीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad