कारोबार


५ वर्षपछि काठमाडौँ-रुम्जाटार हवाई उडान

५ वर्षपछि काठमाडौँ-रुम्जाटार हवाई उडान

नेपालखबर
असोज २१, २०८१ सोमबार ५:३५, ओखलढुंगा

ओखलढुंगाका रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ। करिब पाँच वर्षपछि आइतबार रुम्जाटार विमानस्थलबाट पुनः उडान सुरु भएको हो। 

विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो। आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ। 

काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले रुम्जाटारमा अवतरण गरेको थियो। 

वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ। 

यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए। 

अब प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन्। काठमाडौँ–रुम्जाटारको भाडा चार हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad