सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन्।
सञ्चालक समितिको १४९ औं बैठकले केडियालाई अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ। केडिया यस अधि पनि अध्यक्ष रहेका थिए।
असार १३ गते सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ३ जना सञ्चालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ वर्षको लागि निर्बिरोध निर्वाचित गरेको थियो।
प्रतिक्रिया