ad ad

कारोबार


लाइफ इन्सुरेन्स कर्पोरेसनले पायो हकप्रद सेयर बिक्री गर्ने अनुमति

लाइफ इन्सुरेन्स कर्पोरेसनले पायो हकप्रद सेयर बिक्री गर्ने अनुमति

नेपालखबर
असोज १५, २०८१ मंगलबार १२:५, काठमाडौँ

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी)ले हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो। 

२ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी सेयर बढाउनका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको हो।

नेपाल बीमा प्राधिकरणले जीवन बिमा कम्पनीहरुले न्युनतम चुक्तापुँजी ५ अर्ब अनिवार्य पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ।

त्यसैले कम्पनीले हाल रहेको चुक्तापुँजीमा हकप्रद जारी गरेर चुक्ता पुँजी ५ अर्ब पुर्याउने योजना अघि सारको हो।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .