ad ad

कारोबार


सीएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर : बाइक र इलेक्ट्रिक स्कुटर किन्दा छुटैछुट

सीएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर : बाइक र इलेक्ट्रिक स्कुटर किन्दा छुटैछुट

नेपालखबर
असोज १, २०८१ मंगलबार १८:१९, काठमाडौँ

नेपालका लागि सीएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ।

दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा ल्याइएको सो अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ। त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ ।

जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ।

त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ।

यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने छ। यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ।

यो अफर असोज १ देखि लागू भएको छ र आगामी कात्तिक २५ गतेसम्म उपलब्ध हुनेछ।

ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका वाहिर हेटौंडा र  त्रिशुली बट्टारस्थित शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .