ad ad

कारोबार


इटलीमा सि–चेक पूरा गरी फर्कियो वाइडबडी अन्नपूर्ण

इटलीमा सि–चेक पूरा गरी फर्कियो वाइडबडी अन्नपूर्ण

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:२६, काठमाडौँ

नेपाल वायुसेवा निगमको वाइडबडी  जहाज (९एन–एएलवाई अन्नपूर्ण) नियमित सि चेकको मर्मतपछि काठमाडौं फर्किएको छ।

‘युरोपेली उड्डयन सुरक्षा संस्था (ईएएसए) र संघीय उड्डयन प्रशासन (एफएए) बाट मान्यताप्राप्त युरोपेली मुलुक इटलीको मेन्टिनेन्स एन्ड ओभरहल अर्गनाइजेसन (एमआरओ) कम्पनी एटिटेकले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रियाबाट सि चेकको मर्मत सम्भार कार्य गरी सर्टिफिकेट अफ रिलिज टु सर्भिस (सीआरएस)  प्रदान गरेको छ र उक्त जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ’, निगमले भनेको छ। 

उक्त एमआरओबाट सीआरएस प्राप्त भएपश्चात् नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक अनुमतिको लागि विधिसम्मत प्रक्रियाहरु पूरा गरी अनुमति दिएपछि बिहीबार बिहान ८ः३६ बजे काठमाडौंमा अवतरण गरेको हो।

योसँगै लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ वटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने निगमले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .