ad ad

कारोबार


गलैँचा र कच्चा पदार्थ आयातमा व्यवसायीले मागे भ्याट छुट, अर्थमन्त्रीले भने– निर्यात घट्नु चिन्ताजनक

गलैँचा र कच्चा पदार्थ आयातमा व्यवसायीले मागे भ्याट छुट, अर्थमन्त्रीले भने– निर्यात घट्नु चिन्ताजनक

नेपालखबर
भदौ २३, २०८१ आइतबार १७:३, काठमाडौँ

गलैँचा व्यवसायीले नेपाली गलैँचा एवं कच्चा पदार्थ आयातमा मूल्यअभिवृद्धि कर (भ्याट) छुटको माग गरेका छन्। 

आज उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्दै व्यवसायीले उक्त माग गरेका हुन्। 

पछिल्लो समय लामो समयदेखि पाएका विभिन्न सुविधाहरुमा कटौती भएको भन्दै उनीहरुले आफ्ना समस्या अर्थमन्त्री पौडेलसामु सुनाएका थिए। 

खासगरी नेपाली गलैँचा, ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्यअभिवृद्धि कर ऐन २०५२ देखि पाइरहेको छुट सुविधा खारेज गरिएको, यसको कच्चा पदार्थमा दिइएको भ्याट छुट पनि खारेज गरिएको, तेस्रो मुलुकमा निर्यात गर्दा प्राप्त हुने आयमा ५० प्रतिशत छुटको व्यवस्था खारेज गरिएको, यस वर्षको बजेटमा निर्यातमा दिइने नगद प्रोत्साहन नदिइएकोले यथाशीघ्र ती सुविधा दिन व्यवसायीको माग छ। 

त्यसैगरी नेपाली गलैँचामा ऊनबाहेक प्रयोग हुने सिल्क धागोमा ऊनसरह भन्सार शुल्क तथा भ्याट छुट सुविधा पनि उनीहरुले मागेका छन्। यसको उत्पादन तथा निर्यातबापत सुलभ ब्याजदरमा बैंकिङ कर्जाको व्यवस्था हुनुपर्ने पनि उनीहरुले उल्लेख गरेका छन्। 

अहिलेको व्यवस्थाले नेपाली गलैँचाो उत्पादन लागत बढ्ने र भ्याट लागू गर्न पनि कठिनाइ हुने व्यवसायीले दाबी गरेका छन्। 

व्यवसायीको मागपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्यात घट्नु चिन्ताजनक रहेको टिप्पणी गरे। 

‘निर्यात घट्नु चिन्ताजनक विषय हो। तपाईंहरूका माग छलफल गरेर सम्बोधन हुन्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .