ad ad

कारोबार


लगानी बोर्डको सीईओका लागि ५ जना सूचीकृत, मंगलबार अन्तर्वार्ता

लगानी बोर्डको सीईओका लागि ५ जना सूचीकृत, मंगलबार अन्तर्वार्ता

नेपालखबर
भदौ २३, २०८१ आइतबार १४:६, काठमाडौँ

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सूचीकृत भएका पाँच जनासँग मंगलबार अन्तर्वार्ता लिने भएको छ। 

एक सूचना जारी गर्दै सचिवालयले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा ७ अनुसार उक्त पदमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्न उनीहरुलाई बोलाएको हो। 

सूचीकृत भएकाहरुमा अर्घाखाँचीका विष्णु प्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना छन्। 

यीमध्ये ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी रहिसकेका छन् भने ढुंगाना धितोपत्र बोर्डका पूर्वअध्यक्ष रहिसकेका छन्। सूचीकरणमा परेका काफ्ले गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका पूर्वकार्यकारी निर्देशक हुन्। 

मंगलबार दिउँसो ३ बजेदेखि पाँचै जनाको सूचीकृत क्रमानुसार लगानी बोर्डको कार्यालय नयाँबानेश्वरमा रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण हुनेछ। 

उनीहरुलाई तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै उपस्थित हुन भनिएको छ। 

अन्तर्वार्तापछि सचिवालयले सरकारलाई ३ जनाको नाम सिफारिस गर्नेछ भने तीमध्ये एक जना मन्त्रिपरिषद्बाट बोर्ड सीईओ नियुक्त हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .