सेयरबजार कारोबार सूचक आज १५.६२ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज उक्त अंकले बढेपछि परिसूचक १२६८.६८ अंकमा पुगेको छ। कुल १ सय ७४ कम्पनीको कारोबार भएकामा आज २० लाख कित्ता सेयर बिक्री भएका छन्। उक्त खरिदबिक्रीबाट आज ५५ करोडको सेयर किनबेच भएको छ।
कारोबार रकमका हिसाबले आज नेपाल बैंक लिमिटेडको ४ करोड ५३ लाखको, सेन्चुरी कमर्सियल बैंकको ३ करोड ४० लाखको, मेगा बैंकको ३ करोड २६ लाखको, प्रभु बैंकको ३ करोड ३ लाखको, सिभिल बैंकको ३ करोड २ लाखको, शिवम् सिमेन्टको १ करोड ९० लाखको सेयर बिक्री भएको छ।
आज रिलायन्स फाइनान्स लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले अन्यको तुलनामा धेरै गुमाएका छन्।
त्यस्तै कमाउने सूचीमा भने सूर्योदय लघुवित्त वित्तीय संस्था अगाडि छ। कम्पनीका लगानीकर्ताले ५४ रुपैयाँ कमाएका छन्। त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले २४ रुपैयाँ, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २६ रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ३३ रुपैयाँ, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ५ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
त्यस्तै आज फष्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले २० रुपैयाँ कमाएका छन्। आज राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका लगानीकर्ताले ४ सय ४९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेको नेप्सेले जनाएको छ।
सेयरबजारमा आज नेप्से दोहोरो अंकले बढ्दा ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि १.२२ अंकले बढेको छ। आज ११ समूहको कारोबार भएकामा सबै समूहको सूचक बढेको छ। सबैभन्दा धेरै आज निर्जीवन बीमाको सूचक ९३.४१ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक ९४.९३ अंकले बढेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया