समाज


जापानमा अविरल वर्षापछि शहर नै खाली गर्न आदेश

जापानमा अविरल वर्षापछि शहर नै खाली गर्न आदेश

नेपालखबर
असार १८, २०७६ बुधबार १०:०,

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको प्रान्तीय राजधानी कागोशिमा सहरमा परेको अबिरल वर्षापछि सरकारको सो आदेश आएको हो।

कागोशिमा शहरमा स्थानीय समयानुसार बुधबार बिहान ७ बजेबाट ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएचकेको समाचारमा जनाइएको छ।

यसरी भारी मात्रामा वर्षा भएपछि यसबाट पहिरो जानसक्ने सम्भावना पनि रहेको चेतावनी दिदै सो इलाकाबाट ती नगरवासीलाई विस्थापित गरी अन्यत्र सार्न जापान सरकारले स्थानीय अधिकारीहरुलाई भनेको हो।

अबिरल रुपमा परेको यो वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ। क्युसु द्वीप इलाकामा ८० मिलिमिटर प्रति घण्टाको हिसाबले वर्षा हुने अनुमान यहाँका मौसमविद्हरुले जानकारी दिएका छन्।

त्यस क्षेत्रमा अन्यत्रको तुलनामा बढी पानी पर्ने अनुमान यहाँको मौसम विज्ञान विभागले गरेको थियो। तर पनि यहाँबाट स्थानीय नागरिकलाई सार्ने काम बुधबार बिहानसम्म पनि गरिएको थिएन।

सिन्हवाका अनुसार बुधबार बिहान जापान सरकारले यो आदेश दिएपछि यहाँका सुरक्षा निकाय र उद्वारकर्मीहरु यहाँका स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad