कारोबार


महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछुः ढकाल

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछुः ढकाल

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १४:१५,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन्। बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताएका छन्।

‘तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही कन्फ्युजन सृजना भएको छ’ उनले भने, ‘सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यवहारिक हुँदैनन्।’
सरोकारवालाहरुसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने उनले बताए।

उनले स्थानीय श्रोत साधनको प्रयोग हुने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरु गर्न बागलुङका स्थानीय व्यवसायीहरुसँग छलफल भइरहेको बताए।

ढकालले भने, ‘व्यवसायीहरुले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासनहरु दिने गरेको भन्ने सुनिन्छ। म त बागलुङ मै जन्मिएको हो। भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ। म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु। हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं।’

उनले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागु नहुने स्पष्ट पारे।

‘७७ वटै जिल्लामा हाम्रो व्यवसायिक नेटवर्क छ। हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रीय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न सजिलो हुनेछ। यही नेटवर्कका माध्यमबाट पनि मैले स्थानीय व्यवसायी, सरकार तथा केन्द्रबीच पुलको रुपमा काम गर्नेछु’ उनले भने।

यस अघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामि ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad